जनकपुरधाम, ५ असार । प्रदेश सरकारको “जनता आवास कार्यक्रम”अन्तर्गत मन्त्री जितेन्द्र सोनलले मुसहरहरुको ८० वटा घर निर्माणका लागि शिलान्यास गरेका छन् ।
जनकपुर उपमहानगरपालिका वार्ड नं. २४ बसहियामा बिहीबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार विकास मन्त्री सोनलले भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सोनलले प्रदेश २ मा मुसहर, डोम, मेस्तर लगायत जातिको घर प्रदेश सरकारले पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् ।
कार्यक्रममा जनता आवास धनुषा सयोजक परमेश्वर साह, धनुषा भवन कार्यालयका प्रमुख महेन्द्र महतो, सोही वार्ड का वार्डा अध्यक्ष सत्यनारायण साह लगायत सहभागी रहेको थियो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा उक्त घर बनाउने निर्णय गरिएको थियो । सहरी विकास तथा भवन कार्यालय धनुषाद्वारा निर्माण हुन लागेको छ ।
तपाईको प्रतिक्रिया