वीरगन्ज, १२ जेठ । मुसहरबस्तीका १ सय बालबालिकालाई शैक्षिक समग्री, व्यक्तिगत सरसफाइका समान र लत्ता कपडा वितरण गरिएको छ ।
वीरगन्ज महानगरपालिका २२ मनियारीस्थित विपन्न, दलित माझी मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री, सरसफाइका समान र लत्ता कपडा वितरण गरिएको हो ।
वुमन फर वुमन अभियानबाट बचेको, विभिन्न व्यक्ति र संस्थाबाट आएको १ लाख ८० हजार रुपैयाँ नगद र जिन्सी सहयोग जुटाएर मुसहर बस्तीमा वितरण गरिएको अभियानका संयोजनकर्ता अरविन्द सिंहले जानकारी दिए ।
‘हावाहुरी प्रभावितलाई हाईजिन किट वितरण गरिसकेपछि बचेको किट त्यो बस्तीमा वितरण गर्न गएका थियौं । त्यही बेलामा त्यहाँका बालबालिकाको विजोग अवस्था देख्यौं’ उनले भने ‘उनीहरुको शिक्षा, सरसफाइका लागि सहयोग गर्नु आवश्यक देखेपछि सहयोग गरेका हौं ।
तपाईको प्रतिक्रिया