महोत्तरी, ८ बैशाख । पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट निर्वाचित अध्यक्ष चौधरी केही समयदेखि विरामी थिए ।
उनी मधुमेह, थाइराइडलगायतका समस्याका कारण काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनको आइतबार निधन भएको हो ।
तपाईको प्रतिक्रिया