धनगढी, ४ पुस । सुदूरपश्चिम महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव व्यापारीका लागि व्यापार गर्ने राम्रो थलो बनेको छ ।
१० दिनसम्म लाग्ने महोत्सवमा विभिन्न व्यावसायीले महिनौ नभएको व्यापार १० दिनमा गर्ने गरेका छन् । ‘बाहिर ३ महिनामा भएको व्यापार महोत्सवमा १० दिनमा हुने गरेको छ’, महोत्सवमा नास्ता पसल सञ्चालन गरेका जीवन लामेछानेले भने ‘यसले गर्दा व्यापारीका लागि राहत भएको छ‘यसले गर्दा व्यापारीका लागि राहत भएको छ ।’
किसानदखि व्यापारी एउटै छानोमा अटाउने वातावरण कैलाली उद्योग वाणिज्य संघले जुटाइदिएपछि सुदूरपश्चिम महोत्सवमा काठमाडौँबाट समेत व्यापार गर्न धनगढी पुग्ने गरेका छन् ।
एक ठाउँमा जम्मा हुने वातावरण मिलेपछि महोत्सवमा व्यापार बढ्ने गरेको फेन्सी पसल सञ्चालन गरेकी धनकुमारी शाहले बताइन् ।
तपाईको प्रतिक्रिया