समता स्कुललाई महानगरपालिकाले सहयोग गर्ने

समाचार

2/6/2020

वीरगन्ज, २३ माघ । वीरगन्ज महानगरलाई बालमैत्री महानगर बनाउने आफ्नो योजनामा आफू अग्रसर रहेको महानगरका मेयर बिजय कुमार सरावगीले बताएका छन् । 

वीरगन्ज कारागारस्थित समता स्कुलको छैठौं बार्षिकोत्सव तथा अभिभावक भेलामा सरावगीले वीरगन्ज महानगरलाई बालमैत्री बनाउने आफ्नो योजना जारी रहेको बताए ।

उनले समता स्कुल र यसको गतिविधिसँग आफू धेरै अघि देखि जानकार रहेको बताउदै ७७ वटै जिल्लामा विद्यालय संचालन गरी एक सय रुपैयामा अंग्रेजी माध्यमबाट शिक्षा दिनु अत्यन्त सराहनीय कार्य भएको बताए ।

नगर प्रमुख सरावगीले वीरगन्ज कारागारका वन्दी लगायत सिमान्कृत वर्गका बालवालिकाले पनि शिक्षा पाउनु पर्ने धारणाले संचालित समता स्कुलको विकासका लागी महानगरपालिका र आफ्नो निजि तर्फबाट पनि हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


महानगरपालिकाका कार्यालयका शिक्षा महाशाखाका अधिकृत हरी राउतले बिपन्न र सिमान्तकृत बर्गका बालबालिकालाई लक्षित गरी विद्यालय सन्चालन गर्नु उदाहरणिय कार्य रहेको बताए । उनले यस्ता सामाजिक संस्थाहरुको संख्या जति वृद्धी हुदै जान्छन् त्यति समाज लाभान्वित हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ