महिलाको क्षमता विकास र आर्थिक विकासमा लघुवित्तको अहम भूमिका : मेयर श्रेष्ठ

समाचार

6/2/2019

कपिलवस्तु, १९ जेठ । बुद्धभूमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले गाउँ गाउँमा खोलिएका लघुवित्त संस्थाहरुले महिलाहरुको क्षमता विकास र आर्थिक विकासमा टेवा पुर्याएको बताएका छन् ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गोरुसिंगेमा राखेको केन्द्र प्रमुख तथा उपप्रमुखहरुको अभिमुखिरण कार्यक्रममा बताएका हुन् ।

साथै श्रेष्ठले महिलाहरुको क्षमता विकास र महिलाहरुको नाममा आर्थिक कारोबार हुँदा महिलाहरुको सशक्तिकरण हुने हुँदा यस्ता संस्थाहरुले थप महिलाहरुको क्षमता विकास र सामाजिक विकासमा योगदान दिनु पर्ने बताए ।

साथै संस्थाहरुले स्थानीय सरकारसँग योजना तथा कार्यक्रम जानकारी गराई नगरसँग सहकार्य गरेर समेत थप कार्यक्रम गरेमा प्रभावकारी हुने बताए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले संस्थाले ग्रामिण क्षेत्रमा आर्थिक लगानीका साथै सामाजिक विकासमा समेत हातेमालो गरिरहेको बताए ।

स्थानीय सिता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय बढी संस्थाद्वारा खोलिएका समूहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । सोही अवसरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि संचालन गरिएको छ ।

संस्थाका अधिकृत कुलदेव लामिछानेको संचालनमा उक्त गोष्ठी संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ