‘महिलालाई आर्थिक सशक्तीकरण बनाउन जरुरी’

समाचार

11/26/2018

रुपन्देही, १० मंसिर । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लैङ्गिक हिंसा अन्त्यका लागि महिलालाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन् ।

मन्त्री बरालले महिला आर्थिकरुपमा सक्षम नभएसम्म हिंसा सहिरहनुुपर्ने भएकाले आर्थिक सशक्तीकरण जरुरी रहेको बताए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सामाजिक विकास मन्त्रालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले हिंसामुक्त समाज निर्माणका लागि महिलालाई सीप सिकाएर आयमूलक काममा लगाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ