महिलालाई जबरजस्ती करणी गर्ने विष्ट पक्राउ

समाचार

7/5/2019

सुनसरी, १९ असार । ईटहरी बस्ने मोरङकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका ६ शुवासा ईन्ष्टिच्युटका प्रबन्धक सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० वर्षीय सन्तोष बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ