महिला उद्यमशिलता, औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला सुरु

समाचार

1/8/2019

कैलाली, २४ पुस । महिला उद्यमशिलता, औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी मेला सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार सो मेलाको उद्घाटन गरेका छन् ।

पुस २९ गतेसम्म चल्ने सो मेलामा २०० व्यापारिक कक्ष रहेका छन् । मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, कृषि प्रदर्शनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले साना तथा घरेलु उद्योगबाट उत्पादन भएका वस्तुको आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ