महिला हिंसा विरुद्धको अभियानमा उपमेयर सबनम खातुनद्वारा दीप प्रज्वलन

समाचार

11/28/2018

कपिलवस्तु, १२ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मंगलबार दीप प्रज्वलन गरिएको छ ।

मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध क्रियाशील विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिकाको गोलघरमा दीप प्रज्वलन गरिएको छ ।

सो कार्यक्रममा सहभागीहरुले अझै पनि महिलाहरु बलात्कार हुनुपरेको, बोक्सीको आरोपमा कुटपिट हुनुपरेको, कयौं महिला दाइजोको निहुँमा जल्नु परेको, कयौं बेचबिखनको शिकार हुनुपरेको जस्तो जघन्य अपराध हुने गरेकाले यसलाई रोक्नुपर्ने कुरामा जोड दिएका थिए ।

सो दिप प्रज्वलन कार्यक्रममा कृष्णनगर नगरपालिकाकी उपप्रमुख सबनम खातुनले महिलाहरु अझैं बोल्न र हिंडनसमेत खुला हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख सुर्य बोगटी, उद्योग वाणिज्य संघका अध्यक्ष गुरुचरण सिंह, लाईन्स क्लबका दिनेश गुप्तालगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधिको सहभागिता थियो । सो कार्यक्रम सन्चालन केआई नेपालका संयोजक केशर बिश्वकर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ