महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

समाचार

11/28/2018

राम नारायण पंडित, सिरहा, ११ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ ।

सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैयामा प्रभातफेरी सम्पन्न गरिएको छ ।

“लैगिंक हिंसा र दूव्र्यवहार,: छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको परिसरबाट निकालिएको प्रभातफेरी स्थानिय कटारी चौक हुदै नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु आवश्यकता रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ