महावीर झण्डोत्सव : दलित र गैरदलितबीचको सेतु

समाचार

4/1/2019

महोत्तरी, १८ चैत । महोत्तरीको एकडारा बजारमा आयोजित महावीर झण्डोत्सव दलित र गैरदलितबीचको सेतुको रूपमा लिइएको छ ।

एकडारा गाउँपालिकाले झण्डा मेलामा एकलाख रूपैयाँ सहयोग गरेको महावीर झण्डा मेला समितिका अध्यक्ष विनोद पासवानले बताए ।

झण्डोत्सवको आयोजनामा खर्चिएको ११ लाखमध्ये केही रकम चन्दा तथा खेलतमासाको भाडाबाट उठाएको हो । मेला समितिको उपाध्यक्षमा बिरेन्द्र साह, कोषाध्यक्षमा विनोद साह तथा सचिवमा वेदप्रकाश यादव छन् ।

मेलामा हात्तीको प्रतिमा र मौतको कुवा आकर्षणको केन्द्र बनेको छ । मेलामा आउनेहरूले खेल, तमासाको टिकट दर ५० रूपैयाँभन्दा कम हुनुपर्ने सुझाव दिएका छन् ।

झण्डोत्सव मेला तीनदिन अझै चल्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ