महासंघ प्रतिनिधिमण्डल चेन्नाईमा

समाचार

3/15/2019

काठमाडौँ, ३० फागुन । भारतको चेन्नाईमा हुने अन्तर्राष्ट्रिय ऊर्जा स्रोत सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ ऊर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहित ११ जना रहेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा भइरहेको विकास निर्माणको गतिविधि तथा जलविद्युत् क्षेत्रको विकाससम्बन्धी जानकारी हासिल गर्न कार्यक्रम फलदायी हुने विश्वास लिइएको महासङ्घका अध्यक्ष सिंहले बताए ।

चेन्नाई बसाइका क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका निर्माण व्यवसायीसँग द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ