काठमाडौं, २३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले युएस डलर ११ हजार नौ सय ९४ सहित एक जना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति मालिण्डो एयर मलेसियाबाट काठमाडौं आएका पाकिस्तानी नागरिक अघा जीशन हैदरलाई प्रहरीले पक्राउ गरेको हो ।
बिमानस्थलको आगमन कक्षमा चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको युएस डलर बरामद गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया