इनरुवा, १० माघ । सुनसरीको गढी गाउँपालिकाले आफ्नो वडाहरुको योजना तथा निर्माणमा गुणस्तरका लागि गाउँ तथा वडाका उपभोक्ता समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण दिएको छ ।
गढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६।०७७ मा सञ्चालन गर्ने विभिन्न योजना, बाटोघाटो, मन्दिर, पुल, कल्भट सहितमा गुणस्तर कायम गर्ने , काममा पारदर्शिता गर्नका लागि गाउँ तथा वडाका गठन भएको उपभोक्ता समितिलाई अभिमुखिकरण गोष्ठी मार्फत प्रशिक्षण दिएको हो ।
गढी गाउपालिका वडा नं ५ र ६ मा एकसाथ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सतैरझोरामा ५ नम्बर वडाका अध्यक्ष सुगना झागडको अध्यक्षतामा उपभोक्ता समिति संचालन अभिमुखिकरण गोष्ठी सम्पन्न भएको वडा सचिव श्यामकुमार साहले जानकारी दिए ।
कार्यक्रममा गढी गापाका आर्थिक प्रशासन शाखा प्रमुख दिलबहादुर खड्का, योजना शाखा प्रमुख योगराज निरौला, सव ईन्जिनियर विरेन्द्रकुमार चौधरी लगायतकाले प्रशिक्षण गरेका थिए ।
सहभागीहरुलाई तीनै जना प्रशिक्षकले उपभोक्ताहरुलाई काम गर्ने तरिका, समितिको काम, कतव्र्य अधिकार, भुक्तानी प्रकृया लगायतका विषयमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा ९ वटा उपभोक्ता समितिका २७ जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच गढी ६ मा समेत उपभोक्ता समितिका लागि पनि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वडा सचिव शिवदयाल साहले जानकारी दिए ।
कार्यक्रममा ९ वटा उपभोक्ता समितिका ५० जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम गढी ६ का वडा अध्यक्ष बन्दुलाल सरवरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया