रौतहट, २७ बैशाख । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको प्रमुख सन्तोष मेहताले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत आएपछि योजनाको कार्यान्वयनको काम तीव्र रुपमा बढेको बताएका छन् ।
नगरस्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगिताको शुक्रवार एक कार्यक्रम बीच उद्घाटन गर्दै मेयर मेहताले यस्तो बताएका हुन् ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी नियमित रुपमा कार्यालयमा उपस्थित नहुँदा कार्यालयको कामकाज प्रभावित भएकोमा अब चालू आर्थिक वर्षको विभिन्न विकासे योजना तदरूकताको साथ कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाको कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नन्द किशोर गुप्ता सम्भालेका छन् ।
विगत आर्थिक वर्षको अधुरो कार्य अब छिटो सम्पन्न गराई नयाँ योजनाहरु छाड़ै समयमै सम्पन्न गराउने उनले भने स्थानीय नगरवासीको काम धमाधम हुनेछ ।
कर्मचारीको गैरजिम्मेवारीपनाको कारण बेरुजू भएको रकम पनि केही हप्तामा फरछौट हुने बताए । शिक्षाको स्तरमा उल्लेखनीय सुधार ल्याउने पहिलो प्राथमिकता रहेको प्रशासकीय अधिकृत गुप्ताले दावी गरेका छन् ।
आफ्नो अवधिमा राम्रो गरेर देखाउने उद्घोष समेत गरे । अधिकृत पारदर्शी समावेशी जनसहभागितामूलक कार्य गराउने उल्लेख गरे ।
६ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा दौड, हाई जम्प, लङजम्प, भलिबल लगायतका खेल हुनेछन् । उद्घाटन कार्यक्रममा स्थानीय निर्वाचित जनप्रतिनिधि, विद्यालयका प्राध्यानध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरु उपस्थित भएका थिए ।
तपाईको प्रतिक्रिया