यादवलाई नगरपालिकाको सम्मान

समाचार

3/21/2019

राजविराज, ७ चैत । एशियाली एथलेटिक्समा स्वर्ण पदक विजेता राजविराजका अजितकुमार यादवलाई राजविराज नगरपालिकाले सम्मान गर्ने घोषणा गरेको छ । हङ्कङमा भएको तेस्रो एशियाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात जितेका यादवलाई राजविराज नगरपालिकाको बैठकले सम्मानस्वरुप रु एक लाख एक दिने निर्णय गरेको छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले पनि स्वर्ण पदक विजेता यादवलाई रु ५१ हजार पुरस्कार दिने निर्णय गरेको छ । भव्य कार्यक्रम गरी यादवलाई सम्मान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ