यौनजन्य तथा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया सम्पन्न

समाचार

10/1/2018

रौतहट, १४ असोज । नेपाल मुस्लिम महिला कल्याण समाजको आयोजनामा यौनजन्य तथा लैंगिक हिंसा विरुद्ध सिमान्तकृत, मुस्लिम तथा मधेशी महिला र किशोरीहरुको क्षमता अभिबृद्धि कार्यक्रमअन्तर्गत यौनजन्य तथा लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम आइतबार रौतहटको सदरमुकाम गौर स्थित रौतहट उधोग वाणिज्य संघको सभाहलमा संपन्न भएको हो ।

महिला तथा बालवालिका माथि हुने गरेको हिंसा न्यूनीकरणको लागि गरिने प्रयासको विषय मा सुझाव संकलन गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

तरनुम जयाको अध्यक्षतामा भएको कार्यक्रममा गौर नगरपालिका वडा नम्बर ६ र ७ का निर्र्वािचत जनप्रतिनिधि महिला पुरुष सहभागी भएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बातावरण तथा वाल विकास परिषद्का कानून अधिकृत सोनेलाल पासवानले समाजमा हुने महिला हिंसा का प्रकार ,असर ,रोकथाम ,राष्ट्रिय तथा अंतराष्ट्रीय महिला कानूनको वारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ