दुर्घटनामा युवकको मृत्यु

समाचार

1/14/2019

नवलपरासी(पूर्व), २९ पुस । कावासोती नगरपालिका–९ पुरानो कावासोतीस्थित सडकमा ना.४ ख ७९२८ नम्बरको बसले ना.४९ प २२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँमा डेरा गरी बस्ने रौतहट गोमरिया घर भएका ३५ वर्षीय दर्मेन्द्र यादबको उपचारको लागि स्थानीय कालिगण्डकी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ