वैदेशिक रोजगारीमा जाने युवालाई विना धितो ऋण

समाचार

1/30/2020

जनकपुरधाम, १६ माघ । प्रदेश सरकारको समन्वयमा प्रदेश नं. २ बाट बैदेशिक रोजगारीमा जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन शुरु गरेका छन् ।

प्रदेश सरकार , सिप परियोजना र प्रभु बैंक बीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा विना धितो ऋण उपलब्ध गराउन भएको सम्झौता अनुसार प्रभु बैंकले बिहिबारबाट युवाहरुलाई ऋण दिन सुरु गरेको हो । 

जनकपुरको सिता शरण होटेलमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रदेश नं. २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन् । 

उक्त अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा सुरु भएको यो योजनाले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने युवाहरुको बाध्यतालाई केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

उनले अव वैदेशिक रोजगारीमा जाने युवाहरुले सिप सिकेर जानुपर्नेमा समेत जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ