मणि प्रसाद गैह्रे, कपिलवस्तु, २४ पुस । तिलौराकोटमा यस वर्ष पनि उत्खनन्को कार्य सुरु गरिएको छ । यस पटक उत्खनन् गर्दा निकै सुक्ष्म तरिकाले अध्ययन अन्वेषण गरिने बताइएको छ ।
बेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्ब बिभाग र लुम्बिनी बिकास कोषका बिज्ञ तथा पुरातत्वबिद्को टोलीले सोमबारदेखि विधिवतरुपमा उत्खनन्को कार्य सुरु गरेका हुन् ।
अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको हो । टोलीले तिलौराकोट प्रवेश गर्दा साथै प्राचीन शहरको झझल्को दिने गरि उत्खनन् गर्ने बताएको छ ।
उत्खननमा जापानिज फण्ड ईन ट्रस्ट,युनेस्को र जापानिज नागरिक कसाईको सहयोग रहेको छ ।
बुद्धका पिता राजा शुद्धोदनको राजदरबार तिलौराकोटमा टोलीले सरोकारकावला बिच राखेको अन्तरक्रिया कार्यक्रममा बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले जानकारी दिए यस पटक पनि बैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसंधान गरिने उनले जनाए ।
यस्तै कपिलवस्तु संग्रालयको समेत स्तरोन्नति गरिने छ । विभाग र कोषले सन २०१२ देखि उत्खनन् र अनुसन्धानको कार्य थालेको थियो । यस अघि जापानिज फण्ड ईन ट्रस्टको सहयोगमा लगतार ४ वर्षदेखि उत्खनन् गरिएको थियो ।
यस वर्ष जापानिज नागरिक कसाईको सहयोग रहेको छ । अहिले सम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थातिप गराउन धेरै मद्दत मिलेको पुरात्वविद तथा उत्खनन् परियोजनाका सहसंयोजक कोष प्रसाद आचार्यले बताए ।
तिलौराकोट भित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धी मिलेको उनले बताए । ‘तिलौराकोटमा भेटिएका पुरातात्विक बस्तुहरुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टी हुँदै गएको छ’ उनले भने ।
तिलौराकोटमा बुद्धकालीन सयमभन्दा अघि एउटा सुन्दर शहर रहेको धमाधम प्रमाणहरु फेला पर्नुलार्इै राम्रो संकेत मानिएको उनले बताए । उत्खनन र अन्वेषणको आउने अन्तिम प्रतिबेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने उनले विश्वास व्यक्त गरे ।
सन् १९६२ मा भारतीय पुरातत्बबिद् देबला मित्राले तिलौराकोटमा उत्खनन गरी दोस्रो सताब्दीको शहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिइन ।
उनले नै उत्खनन गरेका स्थानको थप उत्खनन् गरी अध्ययन गरिए पछि सातौ शताब्दीको प्राचीन खाबोको प्वालहरु भेटिएको दुर्हम बिश्व बिद्यालयका प्रोफेसर रबिन कनिङघमले बताए । विगत ३ वर्षको कार्यबाट तिलौराकोट प्राचीन शहर रहेको पुष्टी भएको उनले बताए ।
‘तिलौराकोटलाई विश्व सम्पदा सुचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजातहरु जुटाउने काम समेत गर्ने बताइएको छ ।
अगामी ४ बर्ष भित्र तिलौराकोटको संरक्षण गरी हेर्न लायक ठाउँ बनाइने बताइएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जारी उत्खनन्ले तिलौराकोटको ऐतिहासिकता पुष्टी हुँदै जाने बताए ।
उनले तिलाराकोटमा एक दुई महिना भित्र बहद सरसफाई गरी सुन्दरीकरण गरिने बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सदस्य बिष्णु पन्थी,दिर्घनारायण पाण्डेय धर्मवहादुरलााल श्रीवास्तव लगायतले तिलौराकोटको विकासमा अब ढिलाई गर्न नहुने र यसको विकासका लागि आफुहरुले जोडदाररुपमा आवाज उठाउने बताए ।
सो अवसरमा प्रजिअ अर्जुन प्रसाद पोख्रेलले ३ वटा बुद्धको कर्मथलोका रुप रहेको प्राचिन कपिलवस्तुको विकासमा सबैले हातेमालो गर्नु पर्ने बताए ।
उत्खनन् टोलीमा २० बढी बिदहरु छन । त्यस्तै त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा कल्चर बिषय अध्ययनरत बद्यार्थी र लुम्बिनी बिश्व बिद्यालयमका बिद्यार्थी पनि सहभागी हुने छन् ।
तिलौराकोट राजा शुद्धोदनको राजदरवार तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अबस्था विताएको स्थलका रुपमा र कन्थक स्तुपा बुद्धले चढ्ने घोडको समाधी स्थलका रुपमा मानिएका छन् ।
तपाईको प्रतिक्रिया