यो सरकारले जनताको मन दुखाउने होइन, जनता हँसाउने काम गर्छ : प्रधानमन्त्री ओली

समाचार

6/16/2019

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताएका छन् ।

यूरोपको ९ दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छाअनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । “अबको समय आवेश, उत्तेजना र द्वन्द्वको समय होइन” प्रधानमन्त्री ओलीले भने “यो संवाद, सहमति र अग्रगमनको समय हो ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताएका छन् । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हँसाउने काम गर्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । “गुठीका नाममा कतिपय ठाउँमा गरिब माथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं” प्रम ओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ