सिरहामा बालविवाह रोक्न प्रहरी सक्रिय

समाचार

2/13/2020

सिरहा, १ फागुन । सिरहा प्रहरीले तीन वटा बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी बालविवाह भइरहेको पाइएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले कर्जन्हा नगरपालिका–६ रिझन मुखियाको छोरी, मिर्चैया नगरपालिका–१ का श्रीराम कापैरकी छोरी र कल्याणपुर नगरपालिका–१ का रामनरेश माझीकी छोरीको विवाह रोकेको हो ।

तीनवटै बालिकाको उमेर २० वर्ष नपुगेकाले हुन लागेको थियो । प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार उमेर नपुगेकोले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने सर्वपक्षीय सहमति भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ