रकम र डाक्टरको आभावले अस्पताल बन्द हुने : डाक्टर साह

समाचार

4/18/2019

रौतहट, ५ बैशाख । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले ५० सैयाको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नेपाल सरकार तथा प्रदेश सरकारले व्यवस्था नगरेको कारण सेवा प्रवाहमा समस्या भएको बताएका छन् ।

नेपाल सरकारको स्वीकृत कार्यक्रम अन्तर्गत निशुल्क हाइड्रोसील अपरेशन सम्बन्धी संचारकर्मी विचको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै डाक्टर साहले ५१ जनाको दरवन्दी भएको अस्पतालमा ९ जना करारका चिकित्सकबाट सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेको बताए ।

संघीय सरकारले विशेषज्ञ तथा अनुभवी डाक्टर समयमा पठाउन नसकेको आरोप समेत लगाए ।

अस्पतालमा विशेषज्ञ १ जना पनि नरहेकोले विरामीहरुले स्तरीय उपचार लीन अपेक्षा गरेको हुदा जनशक्ति अभावले सेवा दिन नसकेको उहाको भनाइ रहेको छ ।

पटक पटक विशेषज्ञलाइ पठाउन परिपत्र केन्द्रीय सरकार र प्रदेश सरकारलाइ गरे पनि अहिले सम्म चिकित्साक नपठाएको गुनासो गरे । ९ जना विशेषज्ञको दरवन्दी भए पनि हाल १ जना विशेषज्ञ पनि रहेको छैन ।

प्रदेश सरकारका सामाजिक विकास मंत्रालयमा डाक्टर व्यवस्थापन गर्न पत्राचार गरेको भन्दै डाक्टर साहले प्रादेशिक मंत्री नवलकिशोर साहले स्थलगत निरिक्षण गरे पनि कुनै चासो नलिएको आलोचना गरे । नर्सको आभाव, बजेटको कमी, उपकरणको अपुग, ल्याव टेक्नीकलको आभावले स्तरीय सेवा दिन अप्ठ्यारो भएको उहाको कथन रहेको छ ।

नगरपालिकाले आमा सुरक्षा कार्यक्रम औषधि खरीदको लागि २२ लाख रकम विनियोजन गरेकोमा त्यों रकम पनि सकिएकोले जेष्ठ महीना देखि निशुल्क प्रसूति सेवा दिन नसक्ने अवस्था रहेको बताए । बजेट अपुगले सेवा प्रबाहमा असर गरेको जिकिर गरे । उनले भने जनसँख्या बढ़ी बजेट कम कसरी सुविधा दिइने छ ।

जिल्लाको सदरमुकाममा गौर अस्पताल रहेकोले प्रति दिन २ सयको संख्यामा गर्भवती महिलाहरु आउने गरेको बताए । प्रसूति गराउँदा चाहिने सामान उपलब्ध गराउन बजेटको आवश्यकता रहेको छ तर बजेट अपुग छ कसरी व्यवस्था गर्ने उहाले प्रश्न गरे । २५ देखि ३० प्रतिशत विरामीको चाप रहेको छ ! १ करोड़ भन्दा बढ़ी बजेट चाहिन्छ तर बजेट २२ लाख रहेको छ ।

प्रसूति गराउने महिलालाइ दिइने रकम नै अपुग रहेकोले यो सेवा नै बन्द गर्नु पर्ने अवस्था आएको सुनाउदै डाक्टर साहले आवशयक बजेट व्यवस्थापन गरिदिन प्रदेश ,संघ सरकारलाइ आग्रह गरे ।

प्रसूति गराउने आउने महिलालाइ यातायात सेवा दिन सकिने अवस्था नरहेको जानकारी गराए । गौर नगरपालिका माथि आक्रोशित भएका डाक्टर साहले पालिकामा स्वास्थ्यको बजेट समावेश गरिएकोले समयमा निकासा नहुँदा समस्या भएको आरोप लगाए ।

कार्यक्रममा सहभागी भएका गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले जनस्वास्थ्य तथा अस्पतालका प्रमुख माथि नै अस्पतालको लागि चाहिने सामग्रीको सम्वन्धमा सहकार्य नगरेको दावी गरे । अस्पतालका जिम्मेवार कर्मचारी चासो नलिएको कारण समन्वय सहकार्यमा कमी आएको बताए ।

गौर नगरपालिकाले स्तरीय स्वास्थ्य सेवाको लागि करोडौ रकम लगानी गर्न त्यार रहेको बताए । मेयर गुप्ताले प्रदेश सरकारको मातहतमा जिल्ला अस्पताल रहेको हुदा प्रदेश सरकार गंभीर हुनुपर्ने बताए ।

गौर अस्पतालमा स्थानीय कर्मचारीको बहुलयता भएको कारण बाहिरबाट योग्य दक्ष डाक्टर रौतहट आऊंन नचाहेको उल्लेख गरे । मेयर गुप्ताले अस्पताल भित्र बातावरण विग्रिएको दावी गरे । कर्मचारी कर्मचारी भित्रको गुट उपगुटले गौर अस्पतालको अवस्था दयनीय भएको ठोकूवा गरे ।

विशेषज्ञ अनुभवी स्पेस्लिस्ट डाक्टरको लागि राम्रो बातावरण आवश्यक रहेको छ । चिकित्सकको आभावको कारण सेवाग्राही मर्कामा परिरहेकोले समयमै डाक्टर व्यवस्थापन गर्नु पर्छ । ७२ जनाको निशुल्क हाइड्रोसीलको अ‘ापरेशन गर्नु पर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ