रुखको हाँगाले लागेर मृत्यु

समाचार

12/16/2018

कैलाली, २९ मंसिर । आफ्नै घर नजिकको रुखको हाँगा खसेर शुक्रबार दिउसो चोट लाग्दा गम्भीर घाइते भएकी गौरीगंगा नगरपालिका–४ राधाकृष्ण टोल बस्ने ४८ वर्षीया कलावती लामाको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चोट लागी उनकी नातिनी ३ वर्षीया रिता लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ