वीरगन्ज, १ पुस । नेपाली काँग्रेसका भातृ संगठन ने.वि.संघ द्धारा प्रदेश नं.२का मुख्यमन्त्रीको रंगशाला बनाउने निर्णय प्रति १ घण्टा चक्का जाम गरेका छन् ।
विरगंजको माईस्थान चौकमा दिउँसो ३ बजे देखी ४ बजे सम्म चक्का जाम गर्दै चर्काे नारा बाजी गरिएको थियो ।
ने.वि.संघका केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा आएका युवा जमातहरु प्रदेश नं.२ का मुख्यमन्त्रि लालबाबु राउत गद्दिको विरोध गर्दै प्रदेशीक रंगशाला विरगंजमा हुनु पर्ने अन्यत्र बनाएमा विरगंजमा चरणबद्ध आन्दोलन गर्ने युवा जमातहरुले चेतावनी समेत दिएका थिए ।
तपाईको प्रतिक्रिया