भारतीय कार्यबाहक राजदूतद्वारा सभामुखसँग भेट

समाचार

1/30/2020

काठमाडौं, १६ माघ । नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
कार्यबाहक राजदूत अजय कुमारले सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् । सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा उनले सभामुख सापकोटालाई नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि नयाँ राजदूत नियुक्त भएका छ्रैनन् । यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ