राजदूत आचार्यले बुझाए ओहदाको प्रमाणपत्र

समाचार

3/15/2019

काठमाडौं, ३० फागुन । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र (क्रिडेन्सिअल) बुझाएका छन् ।

नयाँदिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयमा विशेष कार्यक्रमबीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । त्यसपछि राजदूत आचार्यले राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए ।

भेटमा नेपाल–भारतबीचको सदियौं पुरानो र बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा चर्चा भएको थियो । त्यसैगरी आचार्यले संविधान सफल कार्यान्वयनपछि नेपालले आर्थिक विकासलाई प्राथमिकता राखेको समेत भेटमा चर्चा गरेका थिए ।

भेटमा भारतीय राष्ट्रपति कोविन्दले दुई देशबीचको सम्बन्धका बारेमा चासो राखेका थिए । ओहदाको प्रमाणपत्र बुझाएसँगै राजदूत आचार्यले औपचारिक रुपमा दूतावासको जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ