राजदेवी नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

समाचार

10/24/2018

रौतहट, ७ कार्तिक । राजदेवी नगरपालिकाको दोस्रो नगर परिषद् शान्तिपूर्ण वातावरणमा मंगलबार सम्पन्न भएको छ ।

परिषद्को पूर्वसंध्यामा भएको घटनाले त्रासको वातावरण रहेपनि कडा सुरक्षाको बीच शान्त वातावरणमा उद्घाटन सत्र सम्पन्न भएको हो ।

सम्मान जनक स्थानीय बासिन्दाको उपस्थतिमा भएको उदघाटन सत्रमा मेयर धीरेन्द्र कुमार सिंहले चालू आर्थिक वर्ष २०७५।२०७६ को ३० करोड़ २७ लाख २० हजार ११ रुपैयाको अनुमानित आय तथा चालू तरफ २४ प्रतिशत र पूंजीगत तरफ २६ प्रतिशत खर्चको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत निति तथा कार्यक्रममा यस आर्थिक वर्षमा आतंरिक आयमा कर , सेवा शुल्क र दस्तूरवाट ८६ लाख ८५ हजार ५ सय , राजश्व वाटफाटबाट ५ करोड़ ९० लाख ७३ हजार प्रदेश सरकारवाट वित्तीय समानीकरण अनुदान २७ लाख १२ हजार , संघीय सरकारवाट वित्तीय समानीकरण तरफ १० करोड़ ४० लाख , गत वर्षको मौजदात २ करोड़ ७२ लाख ४९ हजार ५ सय ११ र संघीय सरकारबाट शसर्त अनुदान १० करोड़ १० लाख नगरपालिकाको आय हुने अनुमान गरिएको छ ।

चालू तरफ ७ करोड़ ५० लाख तथा पूंजीगत खर्चमा १२ करोड़ ६७ लाख २० हजार ११ रुपैया व्यय तरफ विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ