राजदेवी नगरपालिकाको बजेट ४३ करोड ५६ लाख

समाचार

7/2/2019

रौतहट, १७ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको तेस्रो नगर सभाको पहिलो बैठक सोमबार शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

राष्ट्रिय गानको सम्मान गर्दै संघीयता लोकतन्त्र गणतन्त्रका लागि ज्यानको आहुति दिने वीर शहीदप्रति नमन गर्दै शुरू भएको नगर सभाको पहिलो बैठकमा नगर प्रमुख धीरेन्द्र कुमार सिंहले आगामी आर्थिक वर्ष २०७६।०७७ को नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।

पहिलो बैठकमा आगामी आर्थिक वर्षको ४३ करोड ५६ लाख १३ हजारको आय व्यय प्रस्तुत गरिएको छ ।

“स्वच्छ सफा हरियाली सहितको विकसित नगरपालिका हाम्रो अभियान” भन्ने मूल नाराको साथ मेयर सिंहले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा एक विद्यालय एक करेसाबारी स्थापना गर्ने नयाँ अवधारणा ल्याइएको छ ।

विद्यालय बाहिर रहेका आर्थिक सामाजिक रूपले पछि परेका बालबालिकाहरुलाई अनौपचारिक शिक्षा कार्यक्रम निरन्तरता दिँदै विद्यालय भर्ना गराउने जोड़ दिएको छ ।

शैक्षिक गुणस्तर बृद्धिका लागि समय सापेक्ष शैक्षणिक क्रियाकलाप सञ्चालन गर्ने, खेलकूद विकासका लागि नगर खेलकूद विकास समिति गठन गर्ने, सार्वजनिक जग्गा संरक्षणको कार्यक्रमलाई प्रभावकारी बनाउने निति लिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ