काठमाडौं, ३ माघ । स्वास्थोपचारका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।
उनले भारतका भारतीय जनता पार्टीका पूर्वअध्यक्ष नीतिन गडकरी, उपाध्यक्ष तथा रक्षामन्त्री राजनाथ सिंह, र राष्ट्रिय स्वयम्सेवक संघका प्रमुख डा.मोहन भागवतसँग भेटघाट गरेको स्रोतले जनाएको छ ।
साथै स्रोतका अनुसार पौडेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहसँग पनि भेटघाटका लागि प्रयास गरिरहेका छन् ।
भेटघाटको क्रममा नेपालको समसामयिक राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया