राजनीतिक स्थायीत्वसँगै उद्योगको संख्या बढ्दै

समाचार

11/22/2018

रौतहट, ६ मंसिर । स्थानीय तहको निर्वाचन सम्पन्न भएर गाउँ स्तरमा जनप्रतिनिधि गएसँगै राजनीतिक स्थायित्वको महसुस हुन थालेको छ ।

विगत लामो समयदेखि प्रतिनिधिविहिन बनेको स्थानीय तहमा विभिन्न समस्याहरु रहेका थिए । भएका उद्योगधन्दाहरु पनि बन्द हुँदै जाँदा यस क्षेत्रका सर्वसाधारण रोजगारीको खोजीमा भारत लगायत अन्य देश जान बाध्य थिए तर अहिले अवस्था फेरिएको छ । राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण अनुकुल बन्दै जाँदा रौतहटमा उद्योग स्थापना हुने क्रम बढेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्षमा जिल्लामा ६४२वटा साना तथा ठुला उद्योग दर्ता भई धमाधम स्थापना हुदैछन् ।


जिल्लाको कटहरिया नगरपालिका ९ डुमरियामा एक अर्ब २५ करोड रुपियाँको लागतमा बाबा बैजनाथ चिनी उद्योगको स्थापना भएको छ । उद्योगले आउँदो पुस महिनादेखि उखु पेल्ने जनाएको छ । उद्योगका सञ्चालक बैजुप्रसाद जैसवालले उद्योगले दैनिक दुई हजार पाँच सय क्विन्टल चिनी उत्पादन गर्ने बताए । उनका अनुसार उद्योगको उपकरण जडान कार्य सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ