राजपाको महाधिवेशन अन्योल

समाचार

4/12/2019

काठमाडौं, २८ चैत । राष्ट्रिय जनता पार्टी नेपालको पहिलो महाधिवेशन सम्मुखमा छ तर त्यसका लागि अहिलेसम्म पर्याप्त तयारी भएको छैन ।

पार्टीका शीर्ष नेताहरु नै महाधिवेशन नगर्ने पक्षमा छन् । त्यसैले पूर्व निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएको छ । महाधिवेशन सार्नका लागि नेताहरूले विभिन्न बहाना खोजिरहेका छन् ।

बिहीबार राजपा अध्यक्षमण्डलको बसेको बैठकले पूर्वनिर्धारित बैशाख ७–९ गतेमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ । महाधिवेशनको नयाँ मिति तोकिने जनाइएको छ ।

उनीहरूले सबैभन्दा भरपर्दो बहाना केही दिनअघि बारा र पर्सामा गएको हावाहुरीलाई बनाउने भएका छन् । बारा र पर्सामा राहत वितरणमा पार्टीका नेता तथा कार्यकर्ता व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनका लागि तयारी गर्न नभ्याएको राजपाका नेताहरूको तर्क छ ।

राजपाका नेताहरुले केही दिनअघि जनमुक्ति पार्टीका केही नेतालाई आफ्नो पार्टीमा भित्र्याएका थिए । जनमुक्ति पार्टीसँग पार्टी एकीकरण गरिएको बहाना पनि देखाउँदै नेताहरूले बैशाखमा तोकिएको महाधिवेशन सार्न लागेका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष विषेशचन्द्र लालले पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नेतृत्व इमान्दार नभएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ