राजपाद्वारा ईदको शुभकामना

समाचार

6/5/2019

काठमाडौं, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको महान पर्व ईद उलफित्रको शुभअवसरमा देश र विदेशमा रहेका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै शुभकामना व्यक्त गरेको छ ।

राजपाका अध्यक्षमण्डलका संयोजक अनिल झाले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै ईदको शुभकामना दिएका हुन् ।

साथ,ै यस अवसरमा मुलुकमा रहेका विभिन्नखाले असन्तुष्टि, विभेद र अन्यायको अन्त्य भई शान्ति र सुव्यवस्था कायम होस् र देश समृद्धिको बाटोमा अगाडी बढोस् भनी कामना समेत राजपाले गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ