जनकपुरधाम, २४ पुस । शीतलहर र अत्याधिक चिसोबाट जोगाउनका लागि जनकपुरधाममा क्लोथ बैंकको स्थापना गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा अधिकृत संगम धनुषाको सभाकक्षमा भएको सर्वपक्षीय बैठकले राजपा महासचिव राजीव झाको नेतृत्वमा सात सदस्यीय “क्लोथ बैंक“ स्थापना गरेको हो ।
क्लोथ बैंकका उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा पत्रकार पुरन साह र कोषाध्यक्षमा सफाइ अभियानी सुरेश शर्मालाई चयन गरिएको छ ।
त्यसैगरी एकजना महिला सदस्य तत्काल खाली राखिएको छ भने अन्य सदस्यमा पारस जैन र जनक राय चयन भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कणेललाई बैंकको प्रमुख सल्लाहकार बनाइएको छ । अन्य सल्लाहकारमा प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी उपरीक्षक,जिल्ला समन्वय समिति,नेपाली सेना धनुषा प्रमुख,पत्रकार महासंघ धनुषा,जनकपुर उद्योग बाणिज्य संघ,पूर्व प्रशासक राम रतन मिश्र रहने प्रावधान विधानमा राखिएको छ ।
क्लोथ बैंकले चिसो छल्नका लागि न्यानो कपडाका साथै जिउमा लगाइने सबै प्रकारका लुगा संकलन गर्ने र आवयश्क परेकालाई सम्पूर्ण विवरण लिएर हस्ताक्षर गराई वितरण गर्ने झाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया