राजविराज, ३ मंसिर । सप्तरीको राजविराज नगरपालिकामा सोमबार समुदाय प्रहरी साझेदारी अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको छ ।
राजविराज वडा नम्वर २ को कार्यालय तेतरी गाछीमा सम्पन्न बैठकले जेष्ठ वडा सदस्य हरि नारायण देवको संयोजकत्वमा वडा स्तरिय साझेदारी समिति गठन गरिएको हो ।
गठित समितिको सदस्यहरूमा जिल्ला समन्वय समितिका सदस्यद्वय आशा झा, र लक्ष्मी साफी, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, समाजसेवी योगेन्द्र प्रसाद देब, नथुनी मण्डल, रमेश कुमार सिँह, महिला स्वयंमसेबिका अमेरिका शर्मा, तथा सदस्य सचिवमा तेतरी गाछी अस्थायी प्रहरी बिटका ईन्चार्ज मीन बहादुर क्षेत्री चयन भएका छन् ।
तेतरी गाछी प्रहरी बिटका प्रहरी निरिक्षक मीन बहादुर क्षेत्रीको अध्यक्षतामा गरिएको बैठकमा राजबिराज नपा वडा २ का अध्यक्ष अरूण यादब, वडा सदस्य राजुउदिन खाँ, नेकपा स्थानिय नेता मोहम्मद समिम, राप्राबि राजदेबीका प्र अ सुचिता साह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया