जनकपुरधाम, ११ मंसिर । प्रदेश न २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।
मंगलबार जनकपुरधामस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल संकटमोचन मन्दिर र मणीमण्डपमा विशेष पुजाअर्चना गरी दुबै स्थानमा रुद्राक्षको बिरूवा रोपेर जन्मदिन मनाएका छन् ।
जन्मदिनकै अबसरमा संकटमोचन मन्दिरको प्रागंनमा पलाष्टिक झोलालाई निरूत्साहन गर्नुपर्छ र कपडाको झोला प्रयोगमा ल्याउनुपर्छ भनी सन्देश प्रवाह गरेका छन् । सो कार्यक्रममा राज्यमन्त्री मण्डलले कपडा झोलालाई प्रोत्साहन गर्न कपडा झोला वितरण तथा प्रदर्शन गरेका हुन् ।
उक्त कार्यक्रममा सामाजिक अभियन्ता एवं प्रदेससभा सदस्य राम अशिष यादवको समेत उपस्थिति थियो । राज्यमन्त्री मण्डल र सांसद यादवले संयुक्त रुपमा जनकपुरधाम स्वच्छता अभियानको सूचनामुलक होर्डिगं बोर्ड समेत गाडेका थिए ।
त्यसैगरी कार्यक्रममा सामाजिक तथा सरसफाई अभियन्ता सुरेश शर्मा, अमरचन्द्र अनिल लगायत युवा अभियानीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया