राज्यमन्त्री यादवद्वारा दुःख व्यक्त

समाचार

4/2/2019

रौतहट, १९ चैत । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आइतबारराति आएको हावाहुरीको कारण बारा, पर्सामा भएको मानवीय क्षति प्रति गहिरो दुःख प्रकट गरेका छन् ।

घटनामा ज्यान गुमाएका प्रति संवेदना प्रकट गर्दै राज्यमन्त्री यादवले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हावाहुरीले कलैया नगरपालिका वडा नम्बर १८ धर्मनगर, फेटा गाउँपालिकाको पुरनिया, भरभालिया, भलही, परमानीपुर गाउँपालिकाका चैनपुरमा करीव ३२ जनाको ज्यान गएको छ भने हजारौको संख्यामा घाइते भएको राज्यमन्त्री यादवले बताएका छन् । स्थलगत निरिक्षण गर्न पुगेका राज्यमन्त्री यादवले राहत, उद्धार तथा उपचारको कार्य तीब्र गतिमा भैरहेको टेलीपÞmोन मार्फत बताएका छन् ।

मृतक परिवारलाइ क्षतिपूर्ति वापत प्रदेश सरकारले तीन लाखका दरले दिने घोषणा गरेका छन् । यसै गरी गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले दुइ नम्बर प्रदेशमा यस्तो ठूलो विपत्ति आइपरेको बताउँदै मृतक प्रति हार्दिक संवेदना प्रकट गरेका छन् ।

घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै केंद्रीय सरकारबाट उचित क्षतिपूर्ति दिनलाई माग समेत गरेका छन् । बारामा भएको दुःखद घटना प्रति रौतहटका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले दुःख प्रकट गर्दै राहत उपलब्ध गराउनुको साथै उचित क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् ।

गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साह, संघीय प्रेस फोरम नेपालका अध्यक्ष किशोरी यादव, मधेश पत्रकार महासंघका अध्यक्ष दिनेश यादव, स्थानीय विकास केन्द्र रौतहटका उपाध्यक्ष राकेश कुमार यादव, संघीय समाजवादी फोरम नेपाल गौर नगर संयोजक अमरूल हकÞ लगायतले ज्यान गुमाएकाप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको निःशुल्क स्वास्थोपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ