राजस्थान सरकारले पशुपतिनाथ दर्शन गराउने

समाचार

6/25/2019

काठमाडौं, ९ असार । भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने भएको छ ।

राजस्थान सरकारअन्तर्गत पर्यटन तथा तथा देवस्थान मन्त्रालयले ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो ।

सरकारले ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न जानेका लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन तथा देवस्थानमन्त्री विशवेन्द्र सिंहले बताए ।

‘हिन्दुहरूको महान् तीर्थस्थलमध्येको एक पशुपतिनाथ भएकाले यो निर्णय गरिएको हो,’ उनले भने ।

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ । उक्त सूचीमा भारत बाहिरको पहिलो गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ