जनकपुरधाम, २३ मंसिर । रामजानकी विवाह महोत्सव अर्थात् विवाह पञ्चमीको अवसरमा नेपाल र भारतका कविहरुको गोष्ठी सम्पन्न भएको छ ।
नेपाल–भारत खुला सीमा सम्वाद समूहको आयोजनामा आइतबार “रोटी बेटी सम्बन्ध“ बिषयक नेपाल र भारतको कविहरुद्वारा जानकी मंदिरको प्रांगणमा कवि गोष्ठी सम्पन्न भएको छ ।
कवि गोष्ठीमा नेपाल र भारतका २३ जना कविहरुको सहभागिता रहेको नेपाल–भारत खुला सीमा सम्वाद समूहका संयोजक राजीव झाले मधेशवाणीलाई जानकारी दिए ।
संयोजक झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, विशिष्ट अतिथिद्वय प्रदेशसभा सांसद सुरिता साह र जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साहलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया