रेडियो वीरगंज १७औं वर्षमा प्रवेश

समाचार

12/13/2018

वीरगन्ज, २७ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज आफ्नो नियमित प्रशारणको १६ बर्ष पुरा गरि १७ बर्षमा प्रबेश गरेको छ ।

१६ वर्ष पुरा गरि १७ वर्ष सम्ममा पाइला टेक्दासम्मको यो अबिराम यात्रामा आएका विभिन्न उतारचढाव र समाजप्रति रेडियोले निभाएको भुमिका आगमी दिनमा अझै प्रभावकारी र शसक्त ढंगले अगाडि बढाउने रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले प्रतिबद्धता जनाएका छन् ।

बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाइरहने बिश्वास लिएको छ ।

रेडियोले संधै समाजीक भावनाको उत्तरदायीत्व बहन गर्र्दै आफ्नो कार्यहरु अघि बढाइ रहने कार्यकारी अध्यक्ष साहद्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ