वीरगंज, २० मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवका अवसरमा आयोजना हुन गइरहेको बृहत सास्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगजका कार्यकारी अध्यक्ष धु्रव साहले समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले वार्षिकोत्सवको अवसरमा समाजमा उल्लेख्य योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने घोषणा समेत गरेका छन् ।
उनले बार्षिकोत्सवका अवसरमा यही मंसिर २२ गते देखि शुरु साताव्यापि कार्यक्रमको पहिलो दिन वीरगंजको आदर्शनगरचोकमा बृहत सास्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया