रौतहट, १४ जेठ । रौतहट जिल्लाको छुट्टाछुट्टै ठाउँबाट मंगलबार २ जनाको शव बरामद भएको छ । गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीबाट १ महिला तथा राजपुर नगरपालिका वडा नम्बर १ स्थित उखुको खेतबाट एक जना पुरुष गरी दुई जनाको शव बरामद भएको हो ।
नदीमा मृत अवस्थामा स्थानीय गुलटेन सहनीको ३६ वर्षीया श्रीमती सुमिन्त्रा देवीको शव बरामद भएको हो । मृतक महिलाको मानसिक अवस्था संतुलनमा ठिक नभएकोले पानीमा डूबी आत्महत्या गरेको आशंका प्रहरीको रहेको छ ।
यस्तै, राजपुर नगरपालिका १ स्थित उखुको खेतबाट ४५ वर्षीय पुरुषको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाम थर वतन खुल्न नसकेको पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ३,४ दिन पहिला मृत्यु भएको प्रहरीको अनुमान रहेको छ ।
तपाईको प्रतिक्रिया