रौतहट, ३ पुस । रौतहटको गरुडा न.पा.९ स्थित रघुनाथपुरमा ऐ.वडाको वडा अध्यक्ष राजेश कुमार सहनी र निजको बुबा वर्ष ६० को हरि नारायण सहनीलाई घर फर्कने क्रममा नाम थर नखुलेको २।३ जनाको समूहले कुटपिट गरी घाईते बनाएको विषयलाई लिएर सोमबार पनि झडप भएको छ ।
गरुडा न.पा.९ बिर्ता बजारमा लागेको हाटबजारमा २।३ जनाले पसलहरुमा ढुंगामुडा प्रहार गर्न लगदा भएको झडपमा प्रहरीले ६ राउण्ड फायर गरेको छ ।
दुबै पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि सो स्थानमा खटिएको ४० जनाको प्रहरी टोलीले एसएलआर राईफलबाट ६ राउण्ड हवाईफायर गर्नुको साथै ग्याँस सेल ८ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झडपमा २ जना प्रहरी घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया