रौतहटमा गोली हानाहान, एक जना घाइते

समाचार

1/28/2020

रौतहट, १५ माघ । प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । एक आपराधिक समूहबीच रौतहटमा गोली हानाहान हुंदा आपराधिक समूहका १ जना गोली लागेर घाइते भएका छन् ।

जिल्लाको इशनाथ नगरपालिका–१ स्थित बकैया नदीको बाँधनजिकै मंगलबार राति १२ः३० बजे प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको हो ।

घटनामा प्रहरीको गोली लागेर आपराधिक समूहका २० वर्षीय चाद अली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबीराज खड्काले बताएका छन् ।

अपराधिक समूह भारत हुँदै नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि प्रहरी टोली नेपाल–भारत सिमानामा पुगेको थियो ।

प्रहरीका अनुसार, मोटरसाइकलमा आएका ३ जनालाई प्रहरीले रोक्न खोजेपछि गस्ती टोलीमाथि फायरिङ भएको थियो ।

यही क्रममा आत्मरक्षाका लागि गोली चलाउँदा चाद घाइते भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

घाइते चादको दाहिने घुडामुनि गोली लागेको छ । घाइते चादको हाल गौर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ