रौतहटमा चल्यो ओडिएफको लहर, १२ स्थानीय तह ओडिएफ घोषणा

समाचार

11/25/2018

रौतहट, ९ मंसिर । रौतहट जिल्लाको १ दर्जन स्थानीय तह खुल्ला दिशामुक्त घोषणा भइसकेका छन् ।

राष्ट्रिय सरसफाई गुरु योजना २०६८ अन्तर्गत रौतहटमा संचालित सरसफाई अभियानले लिएको गति अनुरूप २ गाउँपालिका सहित १० नगरपालिका खुल्ला दिशामुक्त घोषणा भइसकेका छन् । पहिलो मौलपुर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको थियो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुखमा इंजिनियर अनिल कुमार केसरी आएलगतै रौतहटमा खुल्ला चौरमा दिशा गर्ने प्रवृति अन्त्य गर्ने अभियानको निष्कर्षमा पुर्याउनको निमित वाशको क्षेत्रमा कार्यरत रहेका गैर सरकारी संघ सस्थालाइ परिचालन गरी गाउँ गाउँमा घर घरमा शौचालय निर्माण गर्नु पर्ने जनचेतना जगाएका थिए ।

दोस्रो जिल्ला सरसफाई सम्मलेन पश्चात् आँधीबेहरी जस्तो चलेको शौचालय निर्माणको लहर अहिले अन्तिम अवस्थामा आइपुगेका छन् ।

१८ वटा स्थानीय तह रहेको रौतहटमा आइतबारसम्म १२ स्थानीय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् भने सोमबार कटहरिया नगरपालिका घोषण हुने अवस्थामा रहेकोले १३ वटा स्थानीय तह विधिवत रुपमा खुल्ला दिशामुक्त नगरपालिका हुनेछन् ।

शनिबार यमुनामाई गाउँपालिका दोस्रो खुल्ला दिशामुक्त गाउँपालिका घोषणा भएका थिए भने आइतबार १०औं नगरपालिकाको रुपमा राजदेवी नगरपालिका खुल्ला दिशामुक्त घोषणा भएका छन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल राय यादवले राजदेवी नगरपालिकाको खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरेका छन् ।

यसअघि माधवनारायण नगरपालिका, गरुडा नगरपालिका, चन्द्रपुर नगरपालिका, गुजरा नगरपालिका, गढीमाई नगरपालिका, राजपुर नगरपालिका, दुर्गा भगवति गाउपालिका, बौधिमाई नगरपालिका, परोहा नगरपालिका घोषणा भैसकेका छन् ।

युएनहैविटाटका जिल्ला संयोजक दिपेन्द्र ठाकुरले राजनितिक दल, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य संस्थाका कर्मचारी, संचारकर्मी, शिक्षक, बुद्धिजिवी, नागरिक समाजका अगुवाहरु, महिला स्वयम्सेविका एवम् स्थानीयहरुको सहयोगले अभियान सफलताको चरणमा पुगेको बताएका छन् ।

ठाकुरले भने ५ वटा स्थानीय तह खुल्ला दिशामुक्त भए रौतहट जिल्ला खुल्ला दिशामुक्त जिल्लाको रुपमा चिनिने छन् । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा स्थापित रहेका गौर नगरपालिका अहिलेसम्म ओडिएफ हुन सकेको छैन । सदरमुकाममा अवस्थित रहेका उक्त नगरपालिका अन्तिममा घोषणा हुने सम्वभना देखिएको छ ।

गौर नगरपालिका चाँडै खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुने नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी गराएका छन् ।

सरसफाईका क्षेत्रमा लागेका युनिसेफका रौतहट प्रतिनिधि राजन साहले शौचालयको महत्व स्थानीयले पूर्णरुपमा बुझिसकेको बताउँदै स्वस्थ्य जीवन, सामाजिक प्रतिष्ठाका लागि शौचालय हुनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ