रौतहटमा फेरि बालिका बलात्कृत, आरोपित पक्राउ

समाचार

6/15/2019

रौतहट, ३२ जेठ । रौतहटमा फेरि बालिका बलात्कारको घटना सार्वजनिक भएको छ ।

जेष्ठ २७ गते राती गौर बसपार्कमा रहेको एक १६ वर्षीया बालिकालाई विभिन्न किसिमको प्रलोभन दिएर गौरमा रहेका विभिन्न गेस्ट हाउसमा लगी बलात्कार गर्ने गौर नगरपालिका वडा नं.३ बस्ने वर्ष १९ को चन्दन दुबेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जेष्ठ ३० गते विहिवार पक्राउ परेको आरोपित दुवेलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका दुवेलाई रौतहट जिल्ला अदालतबाट अनुमति लिई आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा बलात्कार, हत्याको घटनामा विगत समयदेखि अत्याधिक रुपमा वृद्धि भएको देखिएको छ । नाबालिक बालिकाहरु बढी बलात्कारका शिकार भएको पाइएको छ ।

दाइजोको निहुँमा विवाहित महिलाको हत्या हुने गरेको छ । नेपाल प्रहरीको फितलो अनुसन्धानले अदालतबाट रिहा हुने गरेका आरोपितहरु आपराधिक घटनाका अन्जाम दिने गरेको हो ।

हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाका अभियुक्तलाई फौजदारी कानूनले गरेको कÞानूनी व्यवस्थाअनुसार अनुसन्धान गर्ने निकाय निष्पक्ष रुपमा छानविन अनुसन्धान गरे अदालतले सजाय दिन सक्ने छन् ।

अनुसन्धान आर्थिक प्रलोभनमा गरिने, राजनीतिक दबाबमा अपराधीलाई छोड्ने कार्यले प्रदेश २ मा यस्ता घटनामा बृद्धि भएको अनुमान गरिएको छ ।

प्रतिदिन भैरहेको हत्या, बलात्कारको घटना प्रहरीको निष्क्रियताको कारण बढ्दै गएको स्थानीयहरुको ठहर रहेको छ । कानून अनुसार दण्डित गर्नेसम्मको दरिलो अनुसन्धान नहुनुले अपराधीको मनोवल बढाएको स्थानीयहरुको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ