रौतहट, २६ भाद्र । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ६ कुडिया बजारमा दोस्रो दिन बिहीबार पनि प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेको छ ।
मुस्लिमहरुको मुहर्रमको ताजिया मिलान गर्ने क्रममा हिन्दूहरुले मनाउने छठ पर्वका लागि बनाइएको श्रीसाप्ता फोडेर इस्लामिक झण्डा गरेको विषय लिएर बुधबार भएको प्रहरीसँगको झडपमा पहिलो दिन १० राउण्ड हवाई फायर गरेको प्रहरीले दोस्रो दिन स्थिति नियन्त्रण गर्नका लागि दर्जनौ राउण्ड आश्रु सेल तथा गोली फायर गरेको हो ।
दुवै समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी समक्ष छलफल गर्ने गरी सहमति भए पश्चात् प्रहरी माथि आक्रमण गर्न लाग्दा प्रहरीले एस एल आर बाट ८ राउण्ड तथा ग्यासगणबाट २३ गरी ३१ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताएका छन् ।
झडपमा पहिलो दिन १२ तथा दोस्रो दिन ७ गरी १९ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया