रौतहटमा ३०१ एचआईभी पोजिटिव

समाचार

6/16/2019

रौतहट, १ असार । रौतहट जिल्लामा तीन सय एक जना एचआईभी पोजिटिव संक्रमित भएको देखिएको छ ।

जिल्ला अस्पताल गौरले शनिबार आयोजना गरेको एचआईभीमा हुने लाञ्छना र भेदभाव न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रममा अहिलेसम्म जिल्लाभरिमा ३ सय १ जनामा एचआईभी संक्रमण देखिएको तथ्यांक सार्वजनिक गरिएको छ ।

पुरुष १५०, महिला १२५, बालबालिका २१ र तेस्रो लिङ्गी ५ जना पोजिटिव रहेको एआरटी औफिसर शेख असरफ अलीले जानकारी दिएका छन् ।

२०७४।०७५ मा १ हजार ८५ जनालाई परीक्षण गर्दा २० जना पोजेटिव पाइएको उनले बताए । १ हजार १ सय ३२ जना गर्भवती महिलाको परीक्षण गर्दा एक जना पनि पोजेटिव नदेखिएको बताउँदै अलीले हालसम्म १३२ जना एआरटी औषधि नियमित रुपमा सेवन गर्दै आएको जानकारी गराए ।

गत आर्थिक वर्षमा यो रोगबाट जिल्लामा ७ जनाको मृत्यु भएको बताउँदै दक्ष अनुभवी डाक्टरको कमीको कारण चेक जांचमा समस्या भैरहेको गुनासो गरे ।

कम्प्यूटर लैपटाप नेट समस्या, लैंडलाइन पÞmोन कनेक्शन नभएकोले चुनौतीको सामना गरिनुपर्ने उनले बताए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहले विदेशमा रोजगारको शिलशिलामा जाने पुरुषहरु बढ़ी एचआईभी एड्सको शिकार हुने गरेको बताएका छन् ।

असुरक्षित यौन सम्पर्कको कारण रोगीको संख्या बढ्दै गएको ठहर गर्दै सावधानी अपनाउन अपील गरे ।

रोग यौन सम्पर्कको माध्यमबाट मात्र नभई इंजेक्सन, रगत ट्रान्समिशनले सर्ने जानकारी दिए । पोजेटिव भएका महिला पुरुषले घृणा नमानी चिकित्सकको सम्पर्क गरी नियमित रुपमा औषधि सेवन गर्नु पर्ने सुझाव दिदै संक्रमित व्यक्तिलाइ समाजमा हेला नगरी सामान रुपमा मान सम्मान गर्नु पर्ने तर्क गरे ।

डाक्टर साहले समय समयमा एच आई भी टेस्ट गराउनु पर्ने आग्रह गरे । यो रोग लागेपछि लुकाएमा ज्यान जाने र निर्धक रुपमा चिकित्सकलाई भनेर उपचार गराए निको हुने बताए ।

कार्यक्रममा डाटस प्रमुख महेश साहले भाइरसको कारण लाग्ने रोग एच आई भी भएकोले हतोत्साहित नभई हौसला राखेर उपचार गराउनु पर्ने जानकारी दिए । राजनीतिक दल, संचारकर्मी, स्वास्थ्यकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ