रौतहट अनुदानको गहुँको बीउमा अनियमितता

समाचार

12/12/2018

राकेश यादव, रौतहट, २६ मंसिर । रौतहटका किसानहरुका लागि प्रदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उन्नत जातको गहुको विउमा कृषक सहकारी सस्थाले व्यापक अनियमिता गरेको छ ।

४४ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्ने मूल्य निर्धारण गरेर प्रदेश सरकारले किसानका लागि पठाएका विउ डीलरहरुले कालाबाजारी गरेर भारतमा विक्री गरेका कारण किसानहरु अनुदानको विउबाट वंचित भएका हुन् ।

रौतहटमा ५९ मैट्रिक टन अनुदानको विउ आएको जिल्ला कृषि ज्ञान केन्द्रका रौतहटका प्रमुख राजनारायण यादवले बताएका छन् ।

सहकारी सस्था दर्ता गराएकाहरुले सस्तो मूल्यमा दिनु पर्ने विउ आफ्नो आफन्त, नाता गोताका व्यक्तिलाई दिएर विउको आभाव सृजना गरी अहिले ९० रुपैयाँ प्रतिकिलोका दरले विक्री गरिरहेका छन् ।

ब्रह्म भगवती कृषक सहकारी सस्थाका सर्फलाल राय यादवले पाएका अनुदानको ४ मैट्री टन गहुँको विउ कालाबाजारी गरी महंगो मूल्यमा विक्री गरेको समाचार स्रोतले जनाएको छ ।

यादवले गहुको विउ दिने भनी पसलमा बुलाएर एक्कासी विउ छैन भनी जवाव दिएपछि तनाव सहन गर्न नसकी हृदयघात परे पछि उक्त किसानको मृत्यु भएको बुझिएको छ ।

राजदेवी नगरपालिका ७ मुड़वालवा निवासी ५५ वर्षीय महेन्द्र यादवको विउ नदिएको कारण मृत्यु भएको स्थानीयहरुले बताएका छन् । गौर नगरपालिका ५ स्थित बरहवा पुलको पूर्व छेउमा रहेको मलखादको पसलमा विहान १२ को समयमा हेलो खेतमा राखेर विउ लिन आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पसलमा पुगेर गहुँको विउ मग्दा छैन भने पछि घर पार्किदैं गरेका यादव पसल देखि करीव ३ सयको दुरीमा रहेका हनुमान मंदिर नजिक बसेका वखत नै मृत्यु भएको थियो ।

सहज रुपमा किसानले गहुँको विउ पाओस भने उदेश्यका साथ सरकारले दिएको विउ डीलरबालाहरुले कालाबाजारी गरी महंगो मूल्यमा विक्री गरेको हुदा गहन रुपमा छानविन गरी कार्यवाही गर्नु पर्ने किसानहरुले प्रदेश सरकार सित जोड़दार रुपमा मांग गरेका छन ।

यादव एग्रोभेटले लिएको ८ मेट्री टन , मनोज विज भण्डारले पाएको ४ मेट्रीटन , श्याम साहले लिएको ३ मैट्री टन कुन कुन किसानलाइ दिइएको भनी कागजातको गहन रुपमा अध्यन गरी कार्यवाही गर्नु पर्ने किसानहरुको मांग रहेको छ ।

यी सवै पसल गौरमा सञ्चालन रहेका छन । डीलरहरु संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको कारण उनीहरुको प्रतिक्रिया समावेश गर्न सकिएको छैन । सम्पर्क भएका बखत प्रतिक्रिया समावेश गरिने छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ